COVID-19का कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित परिवारहरुलाई सहयोग

October 28, 2020 0 comments egbosa-admin
गण्डकी बोर्डिङ स्कूलको भू.पू. विद्यार्थी संगठन ‘एग्बोसा’ (EGBOSA: Ex-Gandaki Boarding Students’ Association) ले विश्वव्यापी महामारीको रूपमा देखिएको COVID-19 तथा यस प्रकोप / विषम परिस्थितिका कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित दैनिक ज्यालादारीमा काम गर्ने अति निम्न वर्गीय परिवारहरुलाई सहयोग स्वरूप आज मिति २०७७/६/ ४ गते पोखरा- २३ घाटिछिनामा कुद्बीडाँडा तथा दम्दमे गाउँका कूल ४० परिवारका निम्ति प्रति परिवार २५ के.जी. चामल, १ के.जी. चिउरा, दाल , १ लिटर खानेतेल, नून तथा सोयाविन लगायतका खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस खाद्यान्न सहयोग कार्यक्रमका लागि देश-विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण Ex-Students हरुलाई विशेष आभार प्रकट गर्दछौं । साथै भू.पू. विद्यार्थीहरूको यस मानवीय सेवामा समन्वयकारी भूमिका निर्वाह गरेकोमा हाम्रो अभियानका सहयात्री EGBOSA-North America, EGBOSA-UK, र EGBOSA-Australia प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
 
कार्यक्रममा एग्बोसाका अध्यक्ष कमल ब. श्रेष्ठ, उपाध्यक्ष प्रद्युम्न के.सी., सचिव माधवी नेपाल थापा र सदस्य अमृत दाहालको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गर्नु हुने स्थानीय ठाकुर प्रसाद गुरुङ्ग र हिमान सिंह गुरुङ्ग प्रति विशेष आभार प्रकट गर्दछौं ।
पुनश्च: निम्न वर्गीय परिवारहरूको पहिचान पोखरा महानगरपालिका – २३ वडा कार्यालयको सहयोगमा भएको हो ।
 

Earthquake Relief Programme

July 14, 2016 0 comments egbosa-admin

मिति २०७३ बैशाख ३१ गते, ‘एग्बोसा’ EGBOSA (Ex-Gandaki Boarding Students Association) को संयोजनमा  “भुकम्प पछिको शैक्षिक पुनर्स्थापना” कार्यक्रम अन्तरगत गोरखा जिल्ला, मुचोक गा.वि.स. मा रहेका ८ वटा विद्यालयलाई फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

गत २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट गोरखा जिल्ला, मुचोक गा.वि.स.मा रहेका ८ वटा विद्यालय पूर्ण रुपमा ध्वस्त भै विद्यार्थीहरु भुँइमा बसी पढन बाध्य भएको  अवस्थामा पठनपाठन कार्य सहज तुल्याउन ‘एग्बोसा’ ले सबै विद्यालयलाई गरी जम्मा रु. ६,००,००० (छ लाख रुपैया) को फर्निचर निर्माण गरिदिएको हो । फर्निचर गाउंमै उपलब्ध स्थानिय स्रोत साधन र सिपको प्रयोग गरि निर्माण गरिएको हो ।

गोरखा जिल्ला, मुचोक गा.वि.स. स्थित चतुर्माला उच्च माध्यामिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा ‘एग्बोसा’ का प्रतिनिधि, विभिन्न विद्यालयका प्राचार्य, स्थानिय जनसमुदाय तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

‘एग्बोसा’ को यस कार्यक्रमका प्रमुख अतिथि गण्डकी आवासीय उच्च माध्यामिक विद्यालय लामाचौर, पोखराका प्राचार्य रवि प्रसाद बराल हुनुहुन्थ्यो भने अभियानको सहजकर्ता भू.पू सहायक प्राचार्य शिवलाल धितालज्यूले गर्नुभएको हो ।

यस महान अभियानमा सहयोग पुर्याउनुहुने देश- विदेशमा रहनुभएका समस्त भूतपूर्व विद्यार्थीहरू प्रति ‘एग्बोसा’ हार्दिक धन्यबाद प्रकट गर्दछ ।

मुचोक गा.वि.स. मा रहेका ८ वटा विद्यालयलाई निम्न अनुसार सहयोग उपलब्ध गराइएको थियो।

१.  चतुर्माला उच्च माध्यामिक विद्यालय, मुचोक, १ : ३,००,०००/- (रू.तीन लाख)

२.  ताराचन्द्र मा.वि.,  मुचोक ६, कुसुण्डे : १,००,०००/- (रू. एक लाख)

३. मुचोकटार नि.मा.वि.,  मुचोक,३ : ६०,०००/- (रू. साठी हजार)

४. ज्ञानज्योति प्रा.वि.,  मुचोक, ३ : ३५,०००/- (रू. पैतीस हजार)

५. जनप्रभात प्रा.वि.,  मुचोक, ४ : ४०,०००/- (रू. चालिस हजार)

६. देवीचर्तुमाला प्रा.वि.,  मुचोक, ५ : २०,०००/- (रू. बिस हजार)

७. भालुढुंगा लक्ष्मी प्रा.वि., मुचोक, ७ : २०,०००/- (रू. बिस हजार)

८.  झक्रपुरी प्रा.वि.,  मुचोक, २ : २५,०००/- (रू. पच्चिस हजार)

जम्मा ६,००,००० (रु. छ लाख मात्र ।)


The second round of relief on behalf of EGBOSA for Ramati Lower Secondary School, Gorkha, Magh 3, 2072 BS(Jan. 17, 2016).

EGBOSA distributed warm clothes (Jacket) to all the students of this school today.

We would like to thank all the generous members of the EGBOSA community for being part of this noble cause.

A very special thanks to Dr. Santosh Shrestha, Japan ( SLC batch 2049) for exclusive support in this cause.

Note*: EGBOSA had earlier distributed a full set of school uniforms, bags, shoes, stationeries, and sporting materials to this school after the devastating earthquake as a part of educational support.


Heart Health 3 year Campaign

July 14, 2016 0 comments egbosa-admin

न्यूरो फाउन्डेसन नेपाल ( Neuro Foundation Nepal), Fuwai Cardiovascular Department, Fuwai University, China  र EGBOSA (एग्बोसा) को संयुक्त आयोजनामा ३ वर्षे स्वास्थ्य शिविर, गण्डकी आवासिय विद्यालयको प्रांगणमा गत मंगसिर २९ गते का दिन न्यूरो फाउन्डेसन नेपालका अध्यक्ष डा. बसन्त पन्तद्वारा, भव्य रुपमा शुभारम्भ सफल भएको छ।

३ वर्षको अवधिमा प्रदेशका ३०,००० विद्यार्थीको मुटु तथा स्नायु स्वास्थ्यको जाँच गरी आवश्यक सम्पुर्ण उपचार गरिने यस महाकार्यको थालनी, कास्की जिल्लाका ६ विद्यालमा करिव ४,५०० विद्यार्थीको आवश्यक परिक्षण गरेर अगाडी बढाइएको छ।

KNOWLEDGE–CHARACTER–SERVICE

#Act4Impact