• info.egbosa@gmail.com
  • +977 9846007857
  • Login
EGBOSA
  • Contact
  • Program & Events
    • EGBOSA Scholarship Trust
    • Earthquake Relief Programme
    • Heart Health 3 year Campaign
  • Alumni Stories
  • Publications
  • Gallery
  • News
  • About us
EGBOSA
  • Contact
  • Program & Events
    • EGBOSA Scholarship Trust
    • Earthquake Relief Programme
    • Heart Health 3 year Campaign
  • Alumni Stories
  • Publications
  • Gallery
  • News
  • About us
Prof Dr Rabeendra Shrestha


Message From the Founding President

मुलुकको विभिन्न कुना कुनाबाट ज्ञानको ज्योती ग्रहण गर्न गण्डकी बोर्डिङ प्रवेश गरेसँगै धेरैको जीवनले नयाँ गोरेटो समात्ने गरेको सजिलै देख्न सकिन्छ । गण्डकी वोर्डिङले हामीलाई औपचारिक ज्ञान मात्रै दिएन जीवन कसरी जिउने, जीवनलाई कसरी सरल बनाउने, आपसी मित्रता र सदभाव कसरी कायम गर्ने, पारस्परिकता, सहयोग र समन्वयको व्यवाहरिक ज्ञान समेत दिलायो । मातृसंस्थाको उन्नती, प्रगती र विकासमा त्यसबाट दिक्षित भएका हामी सवै सशभागी हुन पाउँदा खुशी हुन सक्नु आफैमा गौरवको विषय हो ।

गण्डकी वोर्डिङका भुतपूर्व विद्यार्थीहरुको साझा चौतारी एग्वोसाको सुरुवात विशिष्ट लक्ष्य र उद्देश्यका साथ नभएपनि यसको विकास र विस्तारसँगै आप्mनो मार्ग निर्धारण गरिसकेको छ । वि.स. २०४२ सालमा काठमाण्डौमा रहँदा एउटा भाडाको कोठाबाट परिकल्पना गरिएको एग्वोसा अहिले नेपालमा मात्रै नभै विश्वका विभिन्न राष्ट्रहरुमा पुगेको जानकारी सवैमाझ साट्न पाँउदा खुशिले ठाउ नै छोडेको महशुस हुने गर्दछ । प्रारम्भमा अनौपचारिक रुपमा स्थापना भएको एग्वोसाले औपचारिकता पाउन केही समय भने लागेको छ ।

३५ वर्षको दौरानमा एग्वोसा पोखराका साथै काठमाण्डौ, चितवन, हुँदै अष्टे«लिया, हङकङ, लण्डन, अमेरिका, क्यानाडामा रहेका गण्डकी वोर्डिङका पूर्व विद्यार्थीहरुलाई गोलवद्ध गर्न सफल भएको छ । मुलुक भित्र र बाहिर छरिएर रहेका एग्वोसाका विभिन्न शाखाहरुलाई एकिकृत गर्नकै लागि एग्वोसा काउन्सिलको समेत निर्माण भईसकेको छ ।

अनौपचारिक रुपमा क्रियाशिल रहेको एग्वोसालाई संस्थागत गर्दै मातृ विद्यालयको समेत संलग्नता र स्विकृतीमा औपचारिक ढंगले स्थापित गराउने श्रेय श्रद्धेय दाजु सरुभक्त लाई जान्छ । सरुभक्त दाजुको क्रियाशिलता र नेतृत्व नभएको भए सायद एग्वोसा यो स्थानसम्म आईपुग्ने थिएन होला । विद्यालय र विद्यालय बाहिर रहँदा प्राप्त ज्ञान, सिप, अनुभव र बिचारलाई एकआपसमा साटासाट गर्दै विद्यालय, समाज र सिंगो राष्ट्रहितको पवित्र लक्ष्यका साथ अगाडी वढिरहेको एग्वोसालाई सधैं क्रियाशिल र हितकारी बनाउने जिम्मेवारी हामी सम्पूर्ण भुतपूर्व विद्यार्थीहरुको काँधमा रहेको छ ।

विभिन्न कालखण्डमा एग्वोसाले विभिन्न आरोह अवरोह पार गर्दै अगाडी वढेको छ । जस्तोसुकै कठिन र जटिल अवस्थामा पनि एग्वोसाले समाज कल्याणका विषयलाई आत्मसाथ गर्दै आएको छ । विद्यालयका हरेक क्रियाकलापमा सक्रिया सहभागी हुने, विद्यालयको सर्वोपरी विकासमा विभिन्न ढंगले योगदान दिनुको साथै २०७२ को विनासकारी भुकम्प, २०७४ सालको वाढी र २०७६/०७७ को कोरोना महामारीमा एग्वोसाले आफुलाई सहयोगी संस्थाको रुपमा स्थापित गराउन सफल भएको छ ।

एग्वोसा गण्डकी वोर्डिङका भुतपूर्व विद्यार्थीका बिच र हामी रहेको समाजमा उत्तिकै रुपमा क्रियाशिल राखिराख्नु हामी सवैको कर्तव्य हो । एग्वोसाले हामीहरुलाई एकतावद्ध गर्दै नयाँ नयाँ ज्ञान, सिप, बिचार र अनुभवको समेत जन्म गराईरहने हुँदा यसको थप क्रियाशिलताको आवश्यकता वढ्दै गएको छ । हामीले विद्यालयमा विताएका हरेक पल, विद्यालयले हामिलाई प्रदान गरेको न्यानो माया र हामीहरु बिचको आत्मियताले अझ प्रगाढ र उच्चता प्राप्त गर्नेछ भन्ने विश्वास गण्डकी वोर्डिङका सम्पूर्ण भुतपूर्व विद्यार्थी, विद्यालय परिवार र आम शुभचिन्तकमा व्यक्त गर्न चाहन्छु ।

जय एग्वोसा !
प्रा. डा. रवीन्द्र प्रसाद श्रेष्ठ
पोखरा

Posted By , 13 Nov 2020

Write Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

SHARE THIS STORY

  • facebook
  • twitter
  • google
Previous Story Greetings From Councillor Lachhya Gurung
EGBOSA

EGBOSA is an alumni association of GBS and GCES, Pokhara, Nepal.

+977 9846007857 | info.egbosa@gmail.com
School
  • Students
  • Gallery
  • News
Alumni
  • Contacts
  • Career
  • About us
  • Apply to Job
Membership
  • Register
  • Login
  • Subscription
Alumni Account

©2020 EGBOSA. All Rights Reserved | Powered By Nipuna Prabidhik Sewa