COVID-19का कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित परिवारहरुलाई सहयोग

October 28, 2020 0 comments egbosa-admin Categories News, programmes
गण्डकी बोर्डिङ स्कूलको भू.पू. विद्यार्थी संगठन ‘एग्बोसा’ (EGBOSA: Ex-Gandaki Boarding Students’ Association) ले विश्वव्यापी महामारीको रूपमा देखिएको COVID-19 तथा यस प्रकोप / विषम परिस्थितिका कारण सृजित बेरोजगारीको समस्याबाट ग्रसित दैनिक ज्यालादारीमा काम गर्ने अति निम्न वर्गीय परिवारहरुलाई सहयोग स्वरूप आज मिति २०७७/६/ ४ गते पोखरा- २३ घाटिछिनामा कुद्बीडाँडा तथा दम्दमे गाउँका कूल ४० परिवारका निम्ति प्रति परिवार २५ के.जी. चामल, १ के.जी. चिउरा, दाल , १ लिटर खानेतेल, नून तथा सोयाविन लगायतका खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस खाद्यान्न सहयोग कार्यक्रमका लागि देश-विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण Ex-Students हरुलाई विशेष आभार प्रकट गर्दछौं । साथै भू.पू. विद्यार्थीहरूको यस मानवीय सेवामा समन्वयकारी भूमिका निर्वाह गरेकोमा हाम्रो अभियानका सहयात्री EGBOSA-North America, EGBOSA-UK, र EGBOSA-Australia प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
 
कार्यक्रममा एग्बोसाका अध्यक्ष कमल ब. श्रेष्ठ, उपाध्यक्ष प्रद्युम्न के.सी., सचिव माधवी नेपाल थापा र सदस्य अमृत दाहालको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गर्नु हुने स्थानीय ठाकुर प्रसाद गुरुङ्ग र हिमान सिंह गुरुङ्ग प्रति विशेष आभार प्रकट गर्दछौं ।
पुनश्च: निम्न वर्गीय परिवारहरूको पहिचान पोखरा महानगरपालिका – २३ वडा कार्यालयको सहयोगमा भएको हो ।